आइतबार, असार २९, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • ओलीको दाबी - ५० सांसद्को समर्थनसहित कोशी सरकार एमाले नेतृत्वमा बन्‍छ

ओलीको दाबी - ५० सांसद्को समर्थनसहित कोशी सरकार एमाले नेतृत्वमा बन्‍छ

 |  शुक्रबार, भदौ ८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ८, २०८०

vianetvianet

काठमाडौं- कोशी प्रदेशको सरकार कामचलाउ भएसँगै प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा एमालेको नेतृत्वमा सरकार बन्‍ने दाबी गरेका छन्।

विराटनगर विमानस्थलमा शुक्रबार पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष ओलीले यस्तो दाबी गरेका हुन्। उनले ५० सांसदसहित अब कोशी प्रदेशमा एमालेको सरकार बन्ने दाबी पनि गरे। 

ओलीले कोशी प्रदेश सरकारको सन्दर्भमा त्यहाँका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदा सभाध्यक्ष इस्राइल मन्सुरीले हस्ताक्षर गरेको प्रसङ्गबारे बोल्दै कांग्रेसजस्तो पुरानो पार्टीले संविधान नमानेको देख्दा अचम्म लागेको बताए।

माओवादीले संविधान मान्दिनँ भनेर हतियार उठाएर आएको पनि उनले बताए। ‘माओवादीले अहिले पनि संविधान मानेको छैन’, उनले भने, ‘तर कांग्रेस जस्तो पुरानो पार्टीले संविधानको खिल्ली उडाएको देख्दा अचम्म लागेको छ।’

सत्ता गठबन्धनले कोशीमा गठबन्धनले असंवैधानिक गतिविधि गरेको पनि उनले आरोप लगाए। उपसभामुख सिर्जना दनुवारलाई किन बिरामी पार्नु भएको भन्ने सञ्चारकर्मीको प्रश्नमा अध्यक्ष ओलीले गठबन्धनले जे जे असंवैधानिक गर्छ, त्यसमा एमालेले साथ दिन्छ भन्ने कुरा नभएको जवाफ दिए। 

फरक प्रसंगमा ओलीलाई पत्रकारहरुले झापास्थित गिरीबन्धु टि स्टेट प्रकरणबारे पनि सोधेका थिए। त्यसमा उनले सरकारको अहिलेको कदमलाई ‘चिल आयो, चिल आयो भनेर कुखुरा चोर्ने तरिका’ को संज्ञा दिए। 

प्रकाशित: Aug 25, 2023| 17:39 शुक्रबार, भदौ ८, २०८०
प्रतिक्रिया दिनुहोस्