आइतबार, वैशाख २७, २०८३

एमाले बैठक हुन लागेको काठघरमा बाढी पस्यो

 |  शुक्रबार, भदौ ८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ८, २०८०

National life

काठमाडौं- सिरहामा शनिबार बस्ने भनिएको नेकपा (एमाले) को सचिवालय बैठक स्थगित भएको छ। धनगढीमाई नगरपालिका सर्रे अम्बासमा बस्ने भनेको बैठक बाढीका कारण स्थगित भएको हो।

बैठक गर्ने भनेकै घरमा बाढी पसेपछि बैठक सम्भव नभएको हो। अब सो बैठक भदौ १४ मा बस्ने बताइएको छ।

एमालेले २०४६ सालमा अम्बासको एउटा काठघरमा चौथो महाधिवेशन गरेको थियो। यसपटक सोही दिन पारेर सचिवालय बैठक राखेको थियो। २०४६ भदौ ९ देखि १४ गतेसम्म चलेको महाधिवेशनबाट २० सदस्यीय केन्द्रीय कमिटीसँगै भण्डारीलाई महासचिव बनाएको थियो।

प्रकाशित: Aug 25, 2023| 16:18 शुक्रबार, भदौ ८, २०८०
प्रतिक्रिया दिनुहोस्