आइतबार, वैशाख २७, २०८३

कोशीमा ५० सांसदसहित फेरि एमालेकै सरकारः ओली

मोरङ पुगेका ओलीले विराटनगरमा सञ्चारकर्मीसँग कोशीमा ५० सांसदको समर्थनमा एमाले सरकार बन्ने दाबी गरेका हुन्।
 |  शुक्रबार, भदौ ८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ८, २०८०

काठमाडौं– एमाले अध्यक्ष केपी ओलीले कोशी प्रदेशमा फेरि आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने बताएका छन्। आज मोरङ पुगेका ओलीले विराटनगरमा सञ्चारकर्मीसँग कोशीमा ५० सांसदको समर्थनमा एमाले सरकार बन्ने दाबी गरेका हुन्।

National life

मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत सविधानसम्मत नभएको संकेत गरेर सर्वोच्च अदालतले दीर्घकालीन काममा रोक लगाइरहेका बेला ओलीले एमाले सरकार बन्ने औंल्याएका हुन्।

कांग्रेस नेतृत्वको कोशी सरकारले बहुमतका लागि सभा चलाउने ज्येष्ठ सदस्यको हस्ताक्षर गरेर ४७ संख्या जुटाएपछि एमाले त्यसविरुद्ध सर्वोच्च गएको छ। एमालेसँग राप्रपासहितका ४० सांसद छन्। 

प्रजातन्त्रमा चल्ने कांग्रेसले कोशी गैरसंवैधानिक काम गर्दा अचम्म लागेको ओलीले प्रतिक्रिया दिए। उनले भने, ‘माओवादीले संविधान मान्दिनँ भनेर हतियार उठाएको थियो। अहिले पनि मानेको छैन। तर कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले  संविधान बर्खिलाप काम गरेको देख्न अचम्मै लागेको छ।’ 

प्रकाशित: Aug 25, 2023| 15:26 शुक्रबार, भदौ ८, २०८०
प्रतिक्रिया दिनुहोस्