आइतबार, वैशाख २३, २०८१

अर्थमन्त्री महत जीईएफको उपाध्यक्षमा निर्वाचित

नेपाल दक्षिण एसियाका एक अर्ब बढी जनसंख्याका लागि पानीको स्रोत रहेको विषय मन्त्री महतले विश्व समुदायमा ध्यानाकर्षण गराए। 
 |  शुक्रबार, भदौ ८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ८, २०८०

क्यानडा–ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ)को सातौं विश्व सम्मेलनको प्लेनरी सेसनले नेपालका अर्थमन्त्री डा. प्रकाशशरण महतलाई उपाध्यक्षमा निर्वाचित गरेको छ। आज सम्मलेनको जारी बैठकमा गणतन्त्र पानामाको प्रस्ताव तथा नेदरल्याडको समर्थनमा मन्त्री महत उपाध्यक्षमा निर्वाचित भएको उनको निजी सचिवालयले जानकारी दिएको हो।

triton college

यसअघि मन्त्री महतले विश्व वातावरण कोषको एसेम्बली बैठकमा सम्बोधन गर्दै नेपालले कुल क्षेत्रफलको ४५ प्रतिशत वन संरक्षण गरी समग्र मानव समुदायका लागि स्वच्छ अक्सिजन प्रवाह गरेको बताए। उनले नेपाल दक्षिण एसियाका एक अर्ब बढी जनसंख्याका लागि पानीको स्रोत रहेको विषय विश्व समुदायमा ध्यानाकर्षण गराएका थिए। 

नेपालले जैविक विविधताको संरक्षणमा इमानदार प्रयत्न गरिरहेको, दुर्लभ तथा संकटापन्न जंगली जनावर तथा प्रजातिको संरक्षण गरेको र सोको नतिजास्वरुप बाघ तथा गैंडाको संख्यामा उल्लेख्य रूपमा वृद्धि भएको महतले सहभागीलाई जानकारी गराएका थिए।

वन तथा वन्यजन्य सम्पदा नेपालका लागि मात्र नभई विश्व मानव समुदायकै सम्पदाको रुपमा रहेको उल्लेख गर्दै यी प्रयासका बाबजुद नेपाल जलवायु परिवर्तनका दृष्टिकोणले उच्च जोखिममा परेको उनको भनाइ छ। 

नेपाल विश्वको १०औं जोखिमयुक्त मुलुक भएको र पछिल्ला दिनमा बाढीपहिरो, अतिवृष्टि, सुक्खा साथै हिमताल विस्फोटको जोखिमसमेत बढेको उनले बताए। नेपालको तापक्रम सन् २०३० सम्ममा ०.५ देखि २.० डिग्रि सेल्सियसले बढ्ने अनुमान रहेको र यसबाट हुने असर र प्रभावसँग सामना गर्न सन् २०५० सम्ममा ५० अर्ब अमेरिकी डलर  बढी लगानी आवश्यक रहेकोतर्फ सहभागीको ध्यानाकर्षण गराए।

corrent noodles
Metro Mart

अर्थमन्त्री महतले जलवायु वित्तबाट सञ्चालित कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा जोड दिदैं यसै एसेम्बलीबाट अनुमोदित विश्व जैविक विविधता खाका कोषलगायत स्रोत अति प्रभावित मुलुकमा केन्द्रित गर्न आग्रह गरे।

वातावरणीय कोषका कार्यक्रम राष्ट्रिय प्रणालीमार्फत कार्यान्वयन गर्नुपर्नेमा जोड दिदैं आयोजनामा ठोस तथा पहिचानयुक्त क्रियाकलाप समावेश गर्न र आयोजनाका मुख्य क्रियाकलापमा लगानी केन्द्रित गर्न उनले जोड दिए। जलवायु परिवर्तनको बहुआयामिक असरलाई सम्बोधन गर्न उच्चस्तरको सहकार्य र सबैको योगदान आवश्यक रहेको धारणा मन्त्री महतले व्यक्त गरे।

प्रकाशित: Aug 25, 2023| 13:04 शुक्रबार, भदौ ८, २०८०
प्रतिक्रिया दिनुहोस्