काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बोलाएको छ।
बैठक शुक्रबार साँझ ५ बजेका लागि बोलाएको हो।
बैठकका लागि विभिन्न एजेन्डा तय गरिएको छ। बैठकमा विषयगत समितिका सभापतिहरूको निर्वाचनका विषयमा छलफल हुने बताइएको छ।
यस्तै, संसद्मा रास्वपाका तर्फबाट दर्ता गराइएको संकल्प र सार्वजनिक महत्त्वका प्रस्तावहरूमाथि छलफल गरिने पार्टी सचेतक निशा डाँगीले जानकारी दिइन्।