आइतबार, वैशाख २७, २०८३

कांग्रेसका प्रदेश सभापतिहरुको भेला पोखरामा हुने

 |  शुक्रबार, भदौ ८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ८, २०८०

National life

काठमाडौं- नेपाली कांग्रेसका सातवटै प्रदेशका सभापतिसहित पदाधिकारीको भेला यही भदौ १६ र १७ गते पोखरामा हुने भएको छ।

नेपाली कांग्रेसको आगामी मंसिर ११, १२ र १३ गते हुने महासमितिको बैठकमा पार्टी संगठनलाई सुधार गर्नका लागि सामूहिक धारणा तय गर्ने गरी भेला आयोजना गरिएको हो।

नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको व्यवस्थापनमा हुने भेलाको उद्घाटन पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवाले गर्ने कार्यक्रम रहेको छ। भेलामा प्रदेश समितिको भूमिका एवं पार्टीको संस्थागत विकासलगायत विषयमा छलफल हुने जनाइएको छ।

प्रकाशित: Aug 25, 2023| 06:36 शुक्रबार, भदौ ८, २०८०
प्रतिक्रिया दिनुहोस्