आइतबार, वैशाख २७, २०८३

ओलीको आक्रोश- कोशीमा प्रचण्ड र माधव नेपालले उत्पात मच्चाए

 |  बिहीबार, भदौ ७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ७, २०८०

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले साम्प्रदायिक हिंसा भड्काउन खोजेको आरोप लगाएका छन्।

National life

बिहीबार भक्तपुरमा नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्। उनले कोशी प्रदेशमा प्रचण्ड र माधव नेपालले जनजातिहरु भिडाएर साम्प्रदायिक हिंसा भड्काउन खोजेको आरोप लगाए।

उनले भने, ‘अहिले पूर्वाञ्चलमामा उत्पात मच्चाउन कसका कार्यकर्ता छन् भन्दा माओवादी प्रचण्डजीका कार्यकर्ता छन्। माधवकुमार नेपालजीका कार्यकर्ता छन्। उफ्रिएका को छन् भन्दा राई, लिम्बू, किरात भन्ने साथीहरु उफ्रिएका छन्। उफार्ने को छ भन्दा पुष्पकमल दाहाल र माधवकुमार नेपाल।’

उनले कोशी प्रदेशमा आन्दोलन गर्नेहरुमा प्रधानमन्त्री दाहाल र अध्यक्ष नेपालका कार्यकर्ता रहेको दाबी गरे। उनले द्वन्द्व भड्काउनका लागि दाहाल र नेपालले कार्यकर्ता भिडाउने काम गरेको भन्दै नेकपा एमालेले द्वन्द्व मच्चिन नदिने आश्वासन दिए।

उनले अघि भने, ‘नुवाकोटमा हुन्छ एउटा खेल साँढे जुधाउने भन्ने। ती साँढेको केही दुष्मनी नै छैन। भेटेको पनि होइन कहिल्यै। आफ्नो-आफ्नो थलोबाट ल्याएर अखडामा भिडाउँछन्। अरु छेउमा बसेर ताली बजाउँछन्। प्रचण्ड र माधव नेपालहरु त्यसै गरेर नेपाली जनतालाई नुवाकोटको गोरु जुधाएजस्तो जुधाएर ताली बजाउन खोजिरहेका छन्। त्यो कुरा हुन दिँदैन एमाले। नेपाली लड्नु हुँदैन। जनजातिका नाममा यी बाहुनले लडाएको हेर्नु त ! जनता किन भिडाउनु हुन्छ ? शासनमा बस्ने यस्ता विषयलाई ख्यालख्याल सोचिरहेका छन्। सजग हुनुपर्छ।’

प्रकाशित: Aug 24, 2023| 16:11 बिहीबार, भदौ ७, २०८०
प्रतिक्रिया दिनुहोस्