आइतबार, वैशाख २७, २०८३

सरकार हरायो भन्दै सूर्य थापा बैठकको बीचमै उठेपछि...

 |  बिहीबार, भदौ ७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ७, २०८०

काठमाडौं- नेकपा एमालेका सांसद सूर्य थापाले सरकार हराएको भन्दै प्रतिनिधि सभामा खोजी गरेका छन्। आजको बैठकको शून्य समयमा उनले संसद् बैठकमा प्रधानमन्त्री र कुनै पनि मन्त्री उपस्थित नभएको भन्दै सरकारको खोजी गरेका हुन्।

National life

उनले भने, ‘प्रधानमन्त्री र एक जना पनि मन्त्री बैठकमा नदेखिनु यो सदनको अपमान हो। मन्त्रीहरु बेगर सदन अगाडि बढ्न सक्दैन। सभामुख महोदय सरकारको खोजी गरिपाऊँ।’

विशेष समयका लागि नाम टिपाएका सांसदहरु बोलिरहँदा बीचमै उठेर थापाले यस विषयमा सभामुखको ध्यानाकर्षण गराएका थिए। सभामुखले मन्त्री आएको जानकारी दिएपछि बैठक अघि बढेको छ।

 

प्रकाशित: Aug 24, 2023| 13:49 बिहीबार, भदौ ७, २०८०
प्रतिक्रिया दिनुहोस्