आइतबार, वैशाख २७, २०८३

प्रतिनिधिसभा बैठक बस्ने कार्यसूची

आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले निर्वाचन आयोगको १५औं वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची।
 |  बिहीबार, भदौ ७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ७, २०८०

काठमाडौं– एमाले अवरोधले करिब महिना दिनसम्म सूचना टाँसेर स्थगन गरिँदै आएको प्रतिनिधिसभा बैठक बुधबारदेखि सञ्चालन हुन थालेको छ।

National life

दलहरुबीच सुनकाण्ड छानबिन गर्न उच्चस्तरीय सहमति जुटेपछि बुधबार अवरोधरहित बसेको संसद् बैठक आज दिउँसो १ बजे पुनः बस्ने संसद् सचिवालयले जनाएको हो।

बुधबारको बैठकमा संसद्मा बोलेका सत्तापक्ष र विपक्षी दलका नेताले ललिता निवास, नक्कली शरणार्थी प्रकरण, सुन तस्करी प्रकरणलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगको १५औं वार्षिक प्रतिवेदन २०७८÷०७९ पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले बताएको छ।

प्रकाशित: Aug 24, 2023| 10:48 बिहीबार, भदौ ७, २०८०
प्रतिक्रिया दिनुहोस्