आइतबार, वैशाख २७, २०८३

कोशी सरकारको वैधानिकताविरुद्ध परेको रिटमाथि आज सुनुवाइ हुने

 |  बिहीबार, भदौ ७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ७, २०८०

काठमाडौं- कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले गैर संवैधानिक तरिकाले विश्वासको मत लिएको भन्दै नेकपा एमालेले दायर गरेको रिटमा बिहीबार सुनवाइ हुँदै छ।

National life

सभाध्यक्षको मतसहित विश्वासको मत लिएको भन्दै थापा नेतृत्वको सरकार बर्खास्त गर्न अन्तरिम आदेशको माग गर्दै दायर गरिएको रिटमा सुनुवाइ हुन लागेको हो।

कोशी सरकारका पूर्व मुख्यमन्त्री समेत रहेका नेकपा एमाले संसदीय दलका नेता हिकमतकुमार कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतमा आज नै सुनुवाइ गर्ने गरी पेशी तोकीएको छ।

प्रदेश सभाका सभाध्यक्षले समेत मतदान गरी विश्वासको मत लिनु संविधान र सर्वोच्च अदालतको आदेश विपरीतको कार्य भएको भन्दै एमाले कोशी प्रदेशसभा संसदीय दलका नेता कार्कीले परमादेशको माग गर्दै बुधवार सर्वोच्चमा रिट दर्ता गराएका थिए।

कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले संविधान विपरीत र प्रचलित कानुन विपरीत विश्वासको मत लिने बेला सभाध्यक्ष रहेका इस्राइल मन्सुरीलाई मतदान गराएर विश्वासको मत प्राप्त गरेको एमालेको जिकिर छ। यसरी प्राप्त गरेको विश्वासको मत गैर संवैधानिक भन्दै एमाले सर्वोच्च पुगेको हो।

 

प्रकाशित: Aug 24, 2023| 09:20 बिहीबार, भदौ ७, २०८०
प्रतिक्रिया दिनुहोस्