बुधबार, जेठ २७, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • चन्द्रमामा भारतको चन्द्रयान–३ ल्याण्ड, 'मुश्‍किलको महासागर पार गरेको क्षण'

चन्द्रमामा भारतको चन्द्रयान–३ ल्याण्ड, 'मुश्‍किलको महासागर पार गरेको क्षण'

 |  बुधबार, भदौ ६, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ६, २०८०

काठमाडौं- भारतको चन्द्रयान–३ सफलतापूर्वक चन्द्रमाको दक्षिण धुव्रमा अवतरण भएको छ। नेपाली समयानुसार बुधबार बेलुका ६:१९ बजे यानले चन्द्रमामा ‘सफ्ट–ल्याण्डिङ’ गरेको हो।

National life

भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो)ले एक महिनाअघि यानलाई प्रक्षेपण गरेको थियो। अवतरणसँगै भारत चन्द्रमाको दक्षिण धुव्रमा यान अवतरण गराउने पहिलो र चन्द्रमाको सतहमा चन्द्रयान सफलतापूर्वक अवतरण गर्ने चौंथो देश बनेको छ।

यसअघि अमेरिका, तत्कालीन सोभियत संघ र चीनले सफलतापूर्वक चन्द्रमाको सतहमा यान प्रक्षेपण गरेका छन्। चन्द्रमाको दक्षिण ध्रुवमा अवतरण गर्ने योजनाका साथ उडेको रुसको लुना–२५ यान गत आइतबार चन्द्रमामा दुर्घटनाग्रस्त भएको थियो।

उक्त घटनापछि चन्द्रयान–३ अवतरणका लागि वैज्ञानिकले सुरक्षित स्थानको खोजी गरेका थिए। जसलाई रकेट फ्युलको रुपमा प्रयोग गर्नेदेखि चन्द्रमामा मानव बसोबासका लागि उचित वासस्थानको खाजी गर्नु रहेको छ। चन्द्रमाको दक्षिण धुव्र अँध्यारो हुने भएकाले त्यस क्षेत्रमा पानीको बरफको सम्भावना उच्च हुने वैज्ञानिकको भनाइ छ।

मोदीले भने - मुश्किलको महासागर पार गरेको क्षण 

Shivam cement

ब्रिक्स सम्मेलनका लागि दक्षिण अफ्रिका पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रत्यक्ष प्रसारण हेरेका थिए। ल्याण्ड भएपछि भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले यो एक मुश्किलको महासागर पार गरेको क्षण भएको बताएका छन्। 

भावुक देखिएका प्रधानमन्त्री मोदीले भने, 'हाम्रो परिवारजन जब हामी आफ्नो आँखा अगाडि यस्तो इतिहास बनेको देख्छौं, जीवन धन्य हुन्छ। यस्तो ऐतिहासिक घटना राष्ट्र जीवनका लागि चेतना बन्छ। यो पल अविस्मरणीय छ। यो क्षण अभूतपूर्व हो, यो क्षण विकसित भारतको शंखनादको हो। य क्षण नयाँ भारतको जय घोषको हो। यो क्षण मुश्किलको महासागर पार गरेको क्षण हो। यो क्षण चन्द्रपथमा जित हात पारेको क्षण हो। यो क्षण १४० करोड़ धड़कनको सामर्थ्यको हो। यो क्षण भारतमा नयाँ ऊर्जा र नयाँ चेतनाको हो।' 

उनले इसेरोले यही पलका वर्षौंदेखि परिश्रम गरेको पनि बताएका छन्। उनले भने, 'इसरोले वर्षौंसम्म यस पलका लागि धेरै परिश्रम गरेको छ। म १४० करोड देशवासीलाई बधाई दिन्छु।' 

'हाम्रा वैज्ञानिकको परिश्रम र प्रतिभाले चन्द्रमाको दक्षिणी ध्रुवसम्म पहुँच पुर्‍याएको छ। जहाँ दुनियाको कुनै पनि देश पुग्‍न सकेको छैन। अब चन्द्रमासँग जोडिएका मिथक बदलिनेछन् र कथानक बदलिनेछन् र नयाँ पिँढीका कहानी पनि बदलिनेछन्।' 

प्रकाशित: Aug 23, 2023| 18:52 बुधबार, भदौ ६, २०८०
प्रतिक्रिया दिनुहोस्