सोमबार, असार ३०, २०८२

रुकुम पश्चिमका एक युवाको करेन्ट लागेर मृत्यु

 |  सोमबार, असार ३०, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, असार ३०, २०८२

vianetvianet

रुकुम पश्चिम- रुकुम पश्चिमका एक युवाको करेन्ट लागेर मृत्यु भएको छ। आज बिहान विद्युत् लाइन जडान गर्ने क्रममा आठविसकोट नगरपालिका–११ चौरका १९ वर्षीय शिशिर चन्दको घटनास्थलमै मृत्यु भएको हो। 

जाजरकोटको नलगाड नगरपालिका–४ घ्वारामा लाइन जडान गर्ने क्रममा करेन्ट लागेर चन्दको मृत्यु भएको वडा आठविसकोट ११ का वडाध्यक्ष प्रेमबहादुर पुनले जानकारी दिए।

उनका अनुसार चन्दको शव पोष्टमार्टनको लागि नलगाड नगर अस्पतालमा राखिएको छ। मृतकका आफन्त, वडा अध्यक्षलगायतको टोली घटनाको विषयमा इलाका प्रहरी कार्यालय नलगाडमा छलफल गरिरहेको बताएको छ। छलफल पश्चात पीडित पक्षबीच सहमति भएपछि शवको परीक्षण गरिने वडाध्यक्ष पुनले बताए। 

प्रकाशित: Jul 14, 2025| 15:15 सोमबार, असार ३०, २०८२
प्रतिक्रिया दिनुहोस्