बिहीबार, असार ४, २०८३

बाजुरामा नदीले बगाउँदा एक जनाको मृत्यु

 |  सोमबार, असार ३०, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, असार ३०, २०८२
National life
Shivam cement

बाजुरा- बुढीगङ्गा नगरपालिकामा बुढीगङ्गा नदीले बगाउँदा आज एक जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा बुढीगङ्गा-२ ताँप्राका ३७ वर्षीय लोकबहादुर बुढथापा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए। उनका अनुसार बुढीगङ्गा–३ र ६ मा पर्ने बुढीगङ्गा नदीको किनारमा दाउरा निकाल्ने क्रममा नदीले बगाएर उनको मृत्यु भएको हो। 

दाउरा ल्याउन गएका बुढथापा घर नफर्किएपछि खोजी गर्दा करिब एक किलोमिटर तल नदीको किनारमा शव भेटिएको प्रहरी नायब उपरीक्षक हवारीले बताए। उनको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ।

प्रकाशित: Jul 14, 2025| 14:54 सोमबार, असार ३०, २०८२
प्रतिक्रिया दिनुहोस्