मंगलबार, असार ३१, २०८२

टोपबहादुर निलम्बनको दुई महिनापछि पाए सांसदले जानकारी 

 |  बुधबार, भदौ ६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ६, २०८०

vianetvianet

काठमाडौं- सभामुख देवराज घिमिरेले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका एमालेका सांसद टोपबहादुर रायमाझी निलम्बन भएको जानकारी सदनलाई गराएका छन्।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २४८ को उपनियम (३) को प्रयोजनको लागि प्रतिनिधिसभा सदस्यबाट निलम्बन भएको जानकारी गराएका हुन्।

शरणार्थी प्रकरणमा पक्राउ परेपछि रायमाझीलाई एमालेले यसअघि नै सचिव पदबाट निलम्बन गरिसकेको छ।

नक्कली भुटानी शरणार्थीका नाममा ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका रायमाझीलाई जिल्ला अदालत काठमाडौंले थप अनुसन्धानका लागि पुर्पक्षका लागि थुनामा पठाएसँगै उनको प्रतिनिधिसभा सदस्य पद निलम्बित भएको हो।

यस सम्बन्धी व्यवस्था प्रतिनिधिसभा नियमावलीको नियम २४८ मा छ।
‘प्रचलित कानून बमोजिम तीन वर्ष वा सो भन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई निज पूर्पक्षको लागि थुनामा रहेकोमा त्यस्तो थुनामा रहेको अवधिभर वा अदालतको आदेश बमोजिम पुर्पक्षको लागि थुनामा बस्नुपर्नेमा त्यस्तो थुनामा नबसी फरार रहेको भएमा निजलाई सदस्यको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हुने छैन’, नियममा २४८(३) मा उल्लेख छ। निलम्बनको अवधिभर पारिश्रमिक, सेवा र सुविधा समेत स्थगित हुनेछ।

अभियोग पुष्टि नभएको खण्डमा थुना मुक्त भएपछि त्यसको जानकारी संसदलाई गराउनुपर्ने हुन्छ। त्यसपछि निलम्बन फुकुवाको सूचनाको जानकारी सभामुखले सदनलाई दिनेछन र निलम्बन फुकुवा हुनेछ।

प्रकाशित: Aug 23, 2023| 18:45 बुधबार, भदौ ६, २०८०
प्रतिक्रिया दिनुहोस्