मंगलबार, असार ३१, २०८२

'गौंडागौंडामा नेताका आफन्त भर्ती गरेर भ्रष्टाचारको छानबिन हुन्छ?'

सरकारले नक्कली शरणार्थी प्रकरण, ललिता निवास र सुनकाण्डका तस्करमाथिको छानबिनलाई लंगडो बनाएको रवि लामिछानेको दाबी।
 |  बुधबार, भदौ ६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ६, २०८०

vianetvianet

काठमाडौं– एक महिनापछि खुलेको संसद् बैठक सुरु भएको छ। बैठकमा विशेष समय लिएर राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं सांसद रवि लामिछानेले सबैभन्दा पहिले यत्तिका दिनसम्म कसले संसद् बन्द गर्यो, त्यसको जवाफ दिन माग गरे।

उनले संसद्मा सार्वजनिक महत्त्वका विभिन्न विषय प्रस्तुत गरिए पनि बैठक अवरुद्ध हुँदा सुनुवाइ नभएको, कर्मचारीको सरुवा, बढुवामा पैसाको खेल भइरहेको, नक्कली शरणार्थी प्रकरण, ललिता निवास र सुन तस्करी प्रकरण जाँचिरहेका प्रहरी अधिकारीको सरुवा गरेर सरकारले सुशासनको मजाक उडाएको बताए।

ललिता निवास प्रकरणमा नम्बरी जग्गा लिएका, पैसा दिएर जग्गा किनेकालाई सुनपानी छर्किएर छोख्याइएको उनको भनाइ छ। उनले भने, ‘सुन प्रकरणमा सत्तारुढ दलका नेताहरुको नाम आउनेबित्तिैक सरकार सुस्तायो। गौंडागौंडामा आफ्ना मान्छे भर्ती गरेर भ्रष्टाचारको छानबिन कस्तो होला? नेताका छोरा पुस्ताबाट पछिल्लो समय भइरहेको तस्करी खेलोले सबैलाई लज्जित बनाएको छ।’

सरकारले गर्ने भनिएको छानबिन निष्पक्ष हुनुपर्ने उनले बताए। राजस्व अनुसन्धानले समातेको सुन १९ दिनपछि प्रहरीलाई दिइएपछि नै त्यसमा शंका उब्जिएको उनले दाबी गरे। सरकारले समातेको बाटो गैरकानुनी र कसैलाई जोगाउने उद्देश्य रहेको उनले औंल्याए।

सुन तस्करीमा संलग्नबारे कर्मचारी, प्रहरी र विभिन्न स्रोतबाट आफूलाई आएको सूचना सरकारलाई उपलब्ध गराइने लामिछानेले बताए। ‘दोषीलाई उम्क्याउन पाइँदैन। सुन तस्करका नाइके भनिएका दाबा लामा भन्ने व्यक्तिबाट दिइएको बयान सरकारले संसद्लाई पनि जानकारी दिनुपर्छ’, उनले भने।

प्रकाशित: Aug 23, 2023| 16:56 बुधबार, भदौ ६, २०८०
प्रतिक्रिया दिनुहोस्