बिहीबार, साउन १, २०८२

एक महिनापछि संसद् सुचारु [LIVE]

 |  बुधबार, भदौ ६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ६, २०८०

vianetvianet

काठमाडौं- करिब एक महिनादेखि अवरुद्ध संसद् सुचारु भएको छ। राष्ट्रिय मान्यता प्राप्त सात दलको बैठकले सुन तस्करीका सबै घटनाको छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने सहमति जुटाएसँगै सदनको अवरोध खुलेको हो।
यो सहमतिअनुसार ६१ किलो सुनको मात्र नभएर माओवादी नेता कृष्णबहादुर महरा जोडिएको अर्को तस्करीको पनि छानबिन गर्ने निर्णय भएको छ।  

‘सुन तस्करीबारे स्वतन्त्र र निष्पक्ष छानबिन गर्न र यस्तो तस्करीजन्य कार्यको पूर्ण रूपमा नियन्त्रण गर्न मौजुदा कानूनमा गर्नुपर्ने परिमार्जन, सुधार, पटकपटकका सुन तस्करीका छानबिन अनुसन्धान बारे अध्ययन गरी सुझावसहित प्रतिवेदन पेश गर्न जाँचबुझ आयोग गठन गरी आयोगले काम प्रारम्भ गर्नेछ,’ सहमतिमा भनिएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सत्ता र प्रतिपक्षका ७ दलबीच सिंहदरबारमा छलफल भएपछि जाँचबुझ आयोग गठन गर्ने सहमति जुटेको हो। २ बुँदे सहमतिमा ७ दलका सचेतकहरूले हस्ताक्षर गरेका छन्।

सुन तस्करीका विषयमा छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग राखेर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले साउन १० गतेदेखि संसद् अवरुद्ध गर्दै आएको थियो।

प्रकाशित: Aug 23, 2023| 16:05 बुधबार, भदौ ६, २०८०
प्रतिक्रिया दिनुहोस्