मंगलबार, वैशाख २९, २०८३

साउनको व्यापार घाटा सवा १ खर्ब नजिक

चालू वर्षको पहिलो महिना साउनमा आयात कम भएसँगै व्यापार घाटा घटेको हो। 
 |  बुधबार, भदौ ६, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ६, २०८०

काठमाडौं– भन्सार विभागले चालू आर्थिक वर्षको पहिलो महिना साउनमा मुलुकको व्यापार घाटा १ खर्ब १५ अर्ब ७१ करोड रुपैयाँमा समेटिएको विवरण सार्वजनिक गरेको छ।

National life

आज विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार व्यापार घाटा गत आर्थिक वर्ष साउनको तुलनामा शून्य.६६ प्रतिशतले कम भएको हो। गत वर्षको सोही अवधिमा देशको व्यापार घाटा १ खर्ब १६ अर्ब ४७ करोड थियो।

साउनमा आयात घटेसँगै व्यापार घाटा घटेको हो। नेपालको व्यापारमा निर्यातको तुलनामा आयातको हिस्सा उच्च छ। सोही कारण आयात घट्दा व्यापार घाटा पनि घट्ने गरेको छ। विभागको तथ्यांकअनुसार गत आवको साउनको तुलनामा चालू साउनमा १.५६ प्रतिशतले आयातमा कमी आएको छ।

चालू आवको साउनमा कुल १ खर्ब २९ अर्ब २३ करोड बराबरको सामान आयात भएको विभागले बताएको छ। 

साउनमा आयातसँगै निर्यात पनि घटेको देखिएको छ। विभागका अनुसार गत आव साउनको तुलनामा यो आवको साउनमा निर्यातमा ८.६५ प्रतिशत कमी आएको हो। यो आवको साउनमा १३ अर्ब ५२ करोड रुपैयाँ बराबरको सामान निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ।

प्रकाशित: Aug 23, 2023| 16:04 बुधबार, भदौ ६, २०८०
प्रतिक्रिया दिनुहोस्