मंगलबार, असार ३१, २०८२

कार्यव्यवस्थाले तय गर्‍यो प्रतिनिधि सभा बैठकको कार्यसूची

 |  बुधबार, भदौ ६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ६, २०८०

vianetvianet

प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले आजको संसद् बैठकका लागि कार्यसूची तय गरेको छ।

यसअनुसार बैठकको सुरुमा आज दलहरुबीच भएको सहमतिबारे उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सदनसमक्ष जानकारी गराउनेछन्। त्यसपछि १ घण्टा ३० मिनेटको विशेष समयमा दलीय आधारमा सांसदहरुले आफ्नो धारणा राख्नेछन्।

कार्यव्यवस्थाको बैठकमा सभामुख देवराज घिमिरेले झण्डै एक महिनादेखि अवरुद्ध संसद् खुलाउन दलहरुबीच भएको सहमतिप्रति खुसी प्रकट गरेका थिए। उनले भने, 'सदन खोल्न मैले पटक पटक प्रधानमन्त्रीसहित शीर्ष नेताहरुसँग छलफल गरेको स्मरण गराउँदछु। प्रमुख सचेतकहरु, कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि हामीले धेरै पटक छलफल गरेका थियौं। तर, संसदीय व्यवस्थामा दलहरु नै प्रमुख हुन्। आजको सहमतिले पनि सदन अवरोध पनि र खुलाउन पनि दलहरुबीच नै सहमति हुनुपर्ने कुराले प्रष्ट पारेको छ। संसदीय गरिमालाई उचो राख्न सबैले प्रयत्न गरौं, म पनि गर्छु, माननीयहरुले पनि गर्नुपर्छ भन्ने मलाई लाग्छ।'

सुन तस्करी प्रकरणको छानबिन गर्न दलहरूबीच उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने दुईबुँदे सहमतिसँगै गत साउन १० गतेदेखि अवरुद्ध संसद् आजबाट खुलेको हो।

बैठक अपराह्न ३ बजेका लागि बोलाइएको भए पनि ४ बज्दासम्म सुरु भएको छैन।

 

प्रकाशित: Aug 23, 2023| 16:00 बुधबार, भदौ ६, २०८०
प्रतिक्रिया दिनुहोस्