बुधबार, असार ३२, २०८२

प्रधानमन्त्री प्रचण्डको अमेरिका भ्रमण स्वीकृत

प्रधानमन्त्री प्रचण्ड आगामी ३० भदौमा नेपाली प्रतिनिधमण्डलको नेतृत्व गर्दै न्यूयोर्क जाँदै छन्।
 |  बुधबार, भदौ ६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ६, २०८०

vianetvianet

काठमाडौं– मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अमेरिका भ्रमण स्वीकृति दिएको छ। संयुक्त राष्ट्रसंघको ७८औं महासभामा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधिमण्डल अमेरिकाको न्यूयोर्क उड्न लागेको हो।

प्रधानमन्त्री प्रचण्ड आगामी ३० भदौमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क जाँदै छन्। आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री प्रचण्डको अमेरिका भ्रमण स्वीकृत गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृत भएको बताइन्। बैठकले गायक स्व.जेबी टुहुरे (जुठबहादुर खड्गी) लाई जनगायकको उपाधि दिने निर्णय गरेको छ।

सरकारले धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ११६ उपदफा १ बमोजिम नेपाल धितोपत्र बोर्डलाई संलग्न धितोपत्र तथा निष्कासन सातौं संशोधन नियमावली, २०८० संशोधन गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको मन्त्री शर्माले जानकारी दिइन।

यस्तै, सरकारले धुलिखेल अस्पताल आपत्कालीन केन्द्र सुधार परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन ३ अर्ब २९ करोड ६० लाख अनुदान सहायता स्वीकृत गर्ने निर्णय बैठकले गरेको छ। बैठकले पर्यटनमन्त्री सुदन किरातीका पिताको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ।

प्रकाशित: Aug 23, 2023| 11:58 बुधबार, भदौ ६, २०८०
प्रतिक्रिया दिनुहोस्