आइतबार, वैशाख २७, २०८३

कांग्रेस पोलिसी ह्याकाथनमा २२७ टोलीको आवेदन पेस

१८–४० वर्षसम्मका युवाले ३ देखि ५ जनासम्मको समूह बनाएर नीतिपत्रसमेत समेटिनुपर्ने प्रावधानअनुसार २२७ टोलीको आवेदन परेको हो।
 |  बुधबार, भदौ ६, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ६, २०८०

काठमाडौं– सत्तारुढ कांग्रेसले आयोजना गर्ने भनिएको पोलिसी ह्याकाथनमा २२७ टोलीबाट नीतिपत्रसहित आवेदन पेस भएको सानेपा मुख्यालयले जनाएको छ।

National life

गिग इकोनोमी र क्लाइमेट एक्सनमा पोलिसी ह्याकाथन आयोजना गर्न ७ सदस्यीय निर्णायकमण्डल तोकिइसकेको कांग्रेसले बताएको छ।

सात सदस्यीय निर्णायकमण्डलमा अर्थशास्त्री समीर खतिवडा, प्राकृतिक सम्पदाविज्ञ सन्तोषमणि नेपाल, जलवायु विज्ञ रीता सिंह, प्राध्यापक राजेश राई, शिक्षक नरोत्तम अर्याल, सुशासन तथा नेतृत्व विज्ञ पुकार मल्ल र शिक्षक स्वस्तिका श्रेष्ठ रहेका छन्।

१८–४० वर्षसम्मका युवाले ३ देखि ५ जनासम्मको समूह बनाएर नीतिपत्रसमेत समेटिनुपर्ने प्रावधानअनुसार २२७ टोलीको आवेदन परेको हो। प्राप्त नीतिपत्रमध्येबाट छानिएका उत्कृष्ट १० को टोलीलाई सम्बन्धित प्रशिक्षकबाट प्रशिक्षण दिइने मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

अन्तिम प्रस्तुति सकाएपछि ९ भदौमा मूल्यांकनका आधारमा विजेता घोषणा गरिनेछ। प्रतियोगितामा प्रथम हुनेलाई ३ लाख, दोस्रो डेढ  लाख र तृतीयलाई ५० हजार पुरस्कार दिइनेछ।

प्रकाशित: Aug 23, 2023| 11:06 बुधबार, भदौ ६, २०८०
प्रतिक्रिया दिनुहोस्