आइतबार, वैशाख २७, २०८३

नेकपा एसको केन्द्रीय समिति बैठक आज पनि बस्दै

 |  बुधबार, भदौ ६, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ६, २०८०

National life

काठमाडौं- नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएको छ। मंगलबारदेखी सुरू भएको केन्द्रीय समिति बैठकमा बुधबारबाट केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राख्ने छन्।

मंगलबारको बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेश गरेका थिए भने सो प्रतिवेदनमाथि फरक मत राख्दै सम्मानित नेता झलनाथ खनालले लामो टिप्पणी गरेका थिए।

मंगलबारको बैठकमा अध्यक्ष नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रिय सदस्यहरुले आ–आफ्नो धारणा राख्ने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। बैठक बिहान ८ बजे देखी सुरु हुनेछ।

प्रकाशित: Aug 23, 2023| 07:57 बुधबार, भदौ ६, २०८०
प्रतिक्रिया दिनुहोस्