आइतबार, वैशाख २७, २०८३

कांग्रेस नेताले नै भने- कोशी सरकार असंवैधानिक

 |  मंगलबार, भदौ ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ५, २०८०

काठमाडौं- प्रतिनिधिसभा सदस्य तथा कांग्रेस नेता शेखर कोइरालाले कोशी प्रदेश सरकार असंवैधानिक भएको बताएका छन्। उनले प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सभाध्यक्षको भोटबाट लिएको विश्वासको मत असंवैधानिक भएको बताएका हुन्।

National life

विराटनगरमा मंगलबार पत्रकारसँगको कुराकानीमा कोइरालाले सभाध्यक्ष पनि सभामुख नै भएको र उसको भोटले विश्वासको मत सिद्ध गर्ने कार्य संविधानविपरीत भएको तर त्यसको व्याख्या पुनः सर्वोच्च अदालतले नै गर्नुपर्ने बताए।

'सर्वोच्चले जे निर्णय गर्छ त्यसलाई स्वीकार्नुपर्छ,' उनले भने, 'सत्ता गठबन्धनका शीर्ष नेताहरुले निर्णय गरेर यसरी विश्वसको मत लिनु भनेर पठाइदियो त्यो नै लोकतान्त्रिक पद्धति भएन।'

यसअघि सभामुखको हस्ताक्षरले विश्वासको मतका लागि बहुमत पुर्‍याएको रिटमा सर्वोच्च अदालतले गरेको फैसला सही थियो तर फेरि त्यही गल्ती दोहोर्‍याइएकोले पुनः अदालतको निर्णयको प्रतिक्षा गर्नुको विकल्प नभएको उनले बताए।

प्रकाशित: Aug 22, 2023| 18:55 मंगलबार, भदौ ५, २०८०
प्रतिक्रिया दिनुहोस्