प्रभु क्यापिटल लिमिटेड र गुह्येश्वरी डेन्टल मल्टीस्पेसियालिटी एन्ड इम्प्लान्ट हबबीच छुट सम्झौता भएको छ।
उक्त सम्झौता पत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र डेन्टलको तर्फबाट सञ्चालक दिपेश गोर्खालीले हस्ताक्षर गरेका हुन्। सम्झौतापछि क्यापिटलका ग्राहकहरूले डेन्टलमा सेवा लिँदा १५ प्रतिशत छुट पाउन सक्छन्।
यो योजनाबाट लाभ लिन ग्राहकहरूले बिल पेमेन्ट गर्दा प्रभु क्यापिटल लिमिटेडमा हितग्राही खाता रहेका जानकारीसहित खाता नम्बर डेन्टललाई उपलब्ध गराउनु पर्नेछ। यो अफरको लाभ क्यापिटलका ग्राहकले छुट सम्झौता भएको मितिबाट १ वर्ष सम्म लिन सक्नेछन्।