मंगलबार, वैशाख २९, २०८३

वर्ल्ड ट्रेड सेन्टरमा बुधबारदेखि तीज मेला

 |  मंगलबार, भदौ ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ५, २०८०

नजिकिँदै गरेको तीजलाई लक्षित गर्दै काठमाडौंको त्रिपुरेश्वरस्थित युनाइटेड वर्ल्ड ट्रेड सेन्टरमा तीज मेलाको आयोजना हुने भएको छ। वर्ल्ड ट्रेड सेन्टरको चौथो तल्लामा डिइसीसी नेपालले तीज मेलाको आयोजना गर्न लागेको हो।

National life

विगत १३ वर्षदेखि आयोजना हुँदै आएको मेलाको चौधौं संस्करण आयोजना गर्न लागिएको डिइसीसी नेपालका प्रबन्ध निर्देशक मनोज गुरुङले जानकारी दिए। उनका अनुसार यस पटकको मेलालाई ए एस इभेण्ट्स एण्ड मार्केटिङले प्रवर्द्धन तथा व्यवस्थापन गर्नेछ।

भदौ ६ गतेदेखि १० गतेसम्म ५ दिन चल्ने मेलामा १०० भन्दा बढी स्टल रहनेछन्। तीजका लागि आवश्यक पर्ने सबै सामानका साथै महिलाहरुलाई एकै स्थानमा दैनिक प्रयोगका सामान सस्तो मूल्यमा किनमेल गर्नका लागि मेलाको आयोजना गरिएको डिइसीसीका प्रबन्ध निर्देशक गुरुङले जानकारी दिए।

उनका अनुसार सबै स्टल बुकिङ भईसकेका छन् भने गैरनाफामुलक संस्थाहरुलाई मेलामा निशुल्क स्टलको व्यवस्था गरिएको र त्यस्ता संस्था सम्पर्कमा आए स्टल थप गरेर उपलब्ध गराइनेछ। विशेष गरी महिला उद्यमी तथा व्यवसायीहरुको व्यवसाय बिस्तार एवं प्रवर्द्धनको लक्ष्य सहित मेला आयोजना गरिएको भन्दै उनले मेला अवलोकन गरी आवश्यक सामग्री खरिद गर्न आम उपभोक्तालाई आग्रह गरेका छन्।

नेपालका साथै छिमेकी मुलुकका प्रदर्शक तथा बिक्रेताहरुको सहभागिता रहने मेलामा लत्ता कपडा, कस्मेटिक, चुरा पोतेका साथै अन्य सामग्री बजार मूल्यभन्दा सस्तोमा एकै छानामुनी खरिद गर्न सकिने व्यवस्था गरिएको ए एस मार्केटिङका प्रबन्ध निर्देशक अनिल श्रेष्ठले बताए। विगत वर्षको तुलनामा नयाँ किसिमले मेलाको व्यवस्थापन गरिएकाले बिक्रेता, प्रदर्शक तथा अवलोकनकर्ता र उपभोक्ताले मेलाबाट फाइदा लिन सक्ने श्रेष्ठको भनाई छ।

डे टू डे डोर प्राइजको व्यवस्था गरिएको मेला बिहान १० बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ। फूड भौचर तथा डिस्काउण्ट भौचर उपलब्ध गराइने मेलाको २० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा आयोजकको छ।

 

प्रकाशित: Aug 22, 2023| 17:07 मंगलबार, भदौ ५, २०८०
प्रतिक्रिया दिनुहोस्