मंगलबार, वैशाख २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • इसेवा मनी ट्रान्सफर र इन्जाज पेमेन्टबीच रेमिट्यान्स भुक्तानी सम्झौता

इसेवा मनी ट्रान्सफर र इन्जाज पेमेन्टबीच रेमिट्यान्स भुक्तानी सम्झौता

 |  मंगलबार, भदौ ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ५, २०८०

इसेवा मनी ट्रान्सफर र साउदी अरेबियाको इन्जाज पेमेन्ट सर्भिसेज कम्पनीबिच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ। सम्झौतामा एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकाल र इन्जाज पेमेन्टका प्रमुख कार्यकारी अधिकृत, खालिद अल जैनले हस्ताक्षर गरे।

National life

सम्झौतासँगै साउदी अरेबियामा बसोबास तथा काम गर्दै आएका नेपालीहरुले इन्जाज पेमेन्टको १५० शाखा, पिओएस, मोबाइल एपलगायतबाट इसेवामार्फत् रकम पठाउन सक्नेछन्। इन्जाजबाट पठाएको रेमिट्यान्स इसेवाका १३ हजार ८०० भन्दा बढी भुक्तानी केन्द्र, बैंक तथा वित्तीय संस्था, इसेवाका एक लाखभन्दा बढी क्यास पोइन्ट र वालेटबाट सहजै प्राप्त गर्न सकिने जनाइएको छ।

सम्झौतापछि एफवान सफ्टका अध्यक्ष ढकालले भने, ‘इन्जाज जस्तो प्रतिष्ठित संस्थासँग साझेदारी गर्न पाउँदा हामी अत्यन्तै गौरवान्वित छौं। इन्जाजका भौतिक र डिजिटल च्यानलहरूको व्यापक लाभ उठाउँदै साउदी अरेबियामा कार्यरत नेपाली समुदायलाई सहज र सर्वसुलभ रेमिट्यान्स सेवा प्रदान पाउँदा निकै हर्षित छौं।’

यस्तै इन्जाजका प्रमुख कार्यकारी अधिकृत खालिदले भने, ‘इसेवा मनि ट्रान्स्फर नेपालको एक उत्कृष्ट रेमिटेन्स कम्पनी मात्र नभई एफवान सफ्ट ग्रुपको एक भगिनी संस्था पनि हो, जसले नवीनतम् फिनटेक सेवामार्फत नेपालमा डिजिटल भुक्तानी इकोसिस्टमलाई संस्थागत गरेको छ र हामी साउदी अरेबियामा रहेका नेपालीहरुलाई रेमिट्यान्स सेवा उपलब्ध गराउन इसेवा मनि ट्रान्स्फरसँग साझेदारी गर्न पाउँदा निकै उत्साहित छौं।’

 

प्रकाशित: Aug 22, 2023| 17:07 मंगलबार, भदौ ५, २०८०
प्रतिक्रिया दिनुहोस्