आइतबार, वैशाख २७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • माओवादी नेता भ्रष्टाचारमा मुछिएपछि अनुसन्धान अड्कियोः प्रदीप पौडेल

माओवादी नेता भ्रष्टाचारमा मुछिएपछि अनुसन्धान अड्कियोः प्रदीप पौडेल

भ्रष्टाचारसम्बन्धी खोलिएको पुराना फाइल माओवादी नेता मुछिएसँगै बन्द हुनै लागको पौडेलको दाबी।
 |  मंगलबार, भदौ ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ५, २०८०

National life

काठमाडौं– कांग्रेस नेता प्रदीप पौडेलले सत्तारुढ नेकपा माओवादीका नेताहरु विभिन्न भ्रष्टाचारमा मुछिएको देखिएपछि अनुसन्धानलाई लंगडो बनाइन थालेको दाबी गरेका छन्। उनले भ्रष्टाचारसम्बन्धी खोलिएको पुराना फाइल बन्द हुनै लागको पौडेलले बताएका हुन्।

आज चितवनको रत्ननगर नगर पार्टी समिति सम्मेलनमा सहभागी पौडेलले भ्रष्टाचारका फाइल खोलिएसँगै माओवादी नेताहरु पर्न थालेपछि अनुसन्धानलाई अगाडि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठले अड्काइरहेको बताए।

उनले भने, ‘माओवादी नेताहरु भ्रष्टाचारमा मुछिएको देखिनासाथ अनुसन्धान भइरहेका फाइल पनि रोक्ने खतरा देखियो। सुरु–सुरुमा प्रधानमन्त्रीको भ्रष्टाचारविरोधी भनाइमा पत्यार लागे पनि पछिल्लो समय आफ्ना मुछिएपछि सेलायो।’ आफ्नो औकातले नभई कांग्रेसको शक्तिले पदमा पुगेको हेक्का राख्न उनले प्रधानमन्त्री प्रचण्डलाई सुझाए।

प्रकाशित: Aug 22, 2023| 16:18 मंगलबार, भदौ ५, २०८०
प्रतिक्रिया दिनुहोस्