शुक्रबार, वैशाख २८, २०८१

१९ घन्टापछि दुईतर्फी खुल्यो नारायणगढ–मुग्लिन सडक

चितवनको इच्छाकामना–६ नाम्सीखोला पुलमा गए राती ८ बजे पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध थियो।  
 |  मंगलबार, भदौ ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ५, २०८०

चितवन– सुक्खा पहिरोका कारण अवरुद्ध नरायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ।

triton college

केही बेरअघि पहिरो पन्छ्याएर सडक दुईतर्फी सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इञ्जिनियर चण्डेश्वर साहले बताए। 

चितवनको इच्छाकामना–६ नाम्सीखोला पुलमा गए राती ८ बजे पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध थियो।

पहिरो हटाएसँगै सवारी साधन आ–आफ्नो गन्तव्यतर्फ लागेका छन्। पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड पटक–पटक अवरुद्ध हुँदै आएको छ।–रासस

प्रकाशित: Aug 22, 2023| 15:48 मंगलबार, भदौ ५, २०८०
प्रतिक्रिया दिनुहोस्