आइतबार, वैशाख २७, २०८३

प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित

 |  मंगलबार, भदौ ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ५, २०८०

प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित भएको छ। आज दिउँसो ३ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक भोलि ३ बजेका लागि सारिएको हो।

National life

संघीय संसद् सचिवालयले सूचना टाँस गरी प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो ३ बजेसम्मका लागि स्थगित गरेको हो।

लामो समयदेखिको संसद् गतिरोध आजदेखि खुल्ने अपेक्षा गरिएको थियो। तर सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नको लागि बसेको सर्वदलीय बैठक बिनानिष्कर्ष सकिएपछि संसद् बैठक बस्दै नबसी स्थगित भएको हो।

भोलि बिहान ११ बजे बस्नेगरी आज नेताहरू उठेको एमालेका प्रमुख सचेतक पदम गिरीले बताए। बैठकपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शीर्ष नेताको बैठकमा साक्षी बस्नु भनेको बदनाम हुनु भएको प्रतिक्रिया दिए।

हिजोको सर्वदलीय बैठकमा संसद् खुलाउने सहमति जुटेको थियो। सुन तस्करी छानबिनका लागि संसदीय समिति बनाउने सहमति हिजो जुटेको थियो। सुन तस्करीको विषयलाई लिएर नेकपा एमालेले १० साउनदेखि संसद् बैठक अघि बढ्न दिएको छैन।

प्रकाशित: Aug 22, 2023| 15:06 मंगलबार, भदौ ५, २०८०
प्रतिक्रिया दिनुहोस्