मंगलबार, असार ३१, २०८२

आज पनि नखुल्ने भो संसद् अवरोध

 |  मंगलबार, भदौ ५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ५, २०८०

vianetvianet

लामो समयदेखिको संसद् गतिरोध आजदेखि खुल्ने अपेक्षा गरिएको भए पनि त्यो पूरा नहुने भएको छ। सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नको लागि बसेको सर्वदलीय बैठक बिनानिष्कर्ष सकिएपछि संसद् नचल्ने निश्चित भएको हो।

भोलि बिहान ११ बजे बस्नेगरी आज नेताहरू उठेको एमालेका प्रमुख सचेतक पदम गिरीले बताए। बैृठकपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शीर्ष नेताको बैठकमा साक्षी बस्नु भनेको बदनाम हुनु भएको प्रतिक्रिया दिए।

आज अपराह्न ३ बजेका लागि प्रतिनिधि सभाको बैठक बोलाइएकोमा बैठक बस्ने सुरसार नै छैन। आजको बैठक पनि सूचना टाँसेर स्थगित गर्ने सम्भावना रहेको नेताहरुले बताएका छन्।

हिजोको सर्वदलीय बैठकमा संसद् खुलाउने सहमति जुटेको थियो। सुन तस्करी छानबिनका लागि संसदीय समिति बनाउने सहमति हिजो जुटेको थियो।

सुन तस्करीको विषयलाई लिएर नेकपा एमालेले १० साउनदेखि संसद् बैठक अघि बढ्न दिएको छैन।

प्रकाशित: Aug 22, 2023| 14:57 मंगलबार, भदौ ५, २०८०
प्रतिक्रिया दिनुहोस्