आइतबार, वैशाख २७, २०८३

कांग्रेसले रोक्यो संगठन विस्तारको दोस्रो चरणको अभियान

सभापति देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले दोस्रो चरणको संगठन फैलाउने अभियान स्थगितको  निर्णय गरेको हो।
 |  मंगलबार, भदौ ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ५, २०८०

National life

काठमाडौं– सत्तारुढ कांग्रेसले संगठन सुदृढीकरणअन्तर्गत दोस्रो चरणको अभियान तत्काललाई रोक्ने निर्णय गरेको छ। आज सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले दोस्रो चरणको संगठन फैलाउने अभियान स्थगितको निर्णय गरेको हो।

वर्षायाम भएका कारण अभियान स्थगित गर्ने निर्णय गरिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए। कांग्रेस केन्द्रीय समिति बैठकले १० देखि २४ भदौसम्म नागरिक र समुदायसँग प्रत्यक्ष जोडिने गरी अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो।

पदाधिकारी बैठकले १५ दिनभित्रै भ्रातृ संस्थालाई पूर्णता दिने र विभाग गठन गर्ने निर्णय गरेको महामन्त्री शर्माले जानकारी दिए।

प्रकाशित: Aug 22, 2023| 14:19 मंगलबार, भदौ ५, २०८०
प्रतिक्रिया दिनुहोस्