आइतबार, वैशाख २७, २०८३

साउदी उडे राप्रपा अध्यक्ष लिङ्देन

पार्टी निकट प्रवासी नेपाली एकता समाज (पानस) ले गर्ने कार्यक्रममा सरिक हुन अध्यक्ष लिङ्देन साउदी गएको राप्रपाले बताएको हो।
 |  मंगलबार, भदौ ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ५, २०८०

National life

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन साउदी अरब उडेका छन्। पार्टी निकट प्रवासी नेपाली एकता समाज (पानस) ले गर्ने कार्यक्रममा सरिक हुन अध्यक्ष लिङ्देन साउदी गएको राप्रपाले बताएको हो।

अध्यक्ष लिङ्देन साउदी र युएईमा आयोजना गरिने पानसको कार्यक्रम सहभागी हुनेछन्। लिङ्देन त्यहाँस्थित नेपाली दूतावास र महावाणिज्यदूत कार्यालयका अधिकारीसँग नेपाली श्रमिकको हितरक्षाबारे छलफल गर्नेछन् भने प्रवासी नेपाली एकता समाज साउदी अरबद्वारा आयोजित विविध कार्यक्रममा सहभागी हुने राप्रपाले बताएको छ।

युएईका दुबईमा पनि विभिन्न नेपाली संघ–संस्था र नेपाली समुदायसँग लिङ्देनले भेटघाट गर्नेछन्। लिङ्देनले कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष बुद्धिमान तामाङलाई दिएका छन्।

प्रकाशित: Aug 22, 2023| 13:46 मंगलबार, भदौ ५, २०८०
प्रतिक्रिया दिनुहोस्