आइतबार, वैशाख २७, २०८३

सभापति देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक

सभापति देउवाले सुन तस्करी प्रकरणमा उच्चस्तरीय समिति गठनको सहमति र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न पदाधिकारी बैठक बोलाए।
 |  मंगलबार, भदौ ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ५, २०८०

काठमाडौं– कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नै निवास धुम्बाराहीमा दिउँसो २ बजे पदाधिकारी बैठक बोलाएका छन्। सभापति देउवाले सुन तस्करी प्रकरणमा उच्चस्तरीय समिति बनाउनेबारे सोमबार बेलुकी सत्ता र प्रतिपक्षी दलहरूबीच सहमति भएको विषय र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न पदाधिकारी बैठक बोलाएको बुझिएको छ।

National life

बैठकमा २० देखि ३० साउनसम्म केन्द्रीय सदस्यहरूलाई ७७ जिल्ला पठाएर संगठन सुदृढीकरणका लागि भएका आन्तरिक कार्यक्रमबारे पनि छलफल हुनेछ। कांग्रेसले १० देखि २४ भदौसम्म संगठन सुदृढीकरणका लागि अर्को अभियान चलाउने कार्यक्रम छ।

२–१० साउनसम्म चलेको केन्द्रीय समिति बैठकले पारित गरेको वार्षिक कार्ययोजनाअनुसारका कार्यक्रम सञ्चालन गर्नेबारे पदाधिकारी बैठकमा छलफल बताइएको छ।
गत २६ साउनदेखि लगातार तीन दिनसम्म संघीय संसद् परिसरको ल्होत्से हलमा बसेको कांग्रेस संसदीय दलको बैठकले विभिन्न निर्णय पारित गरेको थियो।

कांग्रेस संसदीय दलको बैठकले सुन तस्करी प्रकरणमा एमालेले उठाएको उच्चस्तरीय छानबिन समिति गठन गर्नु नपर्ने विषयलाई पनि एजेन्डाभित्र राखेर छलफल भएको थियो। संसदीय दलको बैठक सभापति शेरबहादुर देउवाले सुन तस्करी प्रकरण छानबिनमा एमालेको माग मान्न नसकिने बताएका थिए।

तर लगातार संसद् अवरुद्ध भएपछि सत्ता गठबन्धनका नेतासहित सभापति देउवा पनि नरम सुनिए। हिजो बेलुकीको बहुदल सम्मिलित बैठकमा देउवाले एमालेले उठाएको उच्चस्तरीय छानबिन समिति गठन गरेर संसद् खुलाउनुपर्ने सुझाव दिएका थिए।

कांग्रेस संसदीय दलको बैठकले एमाले माग अस्वीकार गरेका बेला सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने बहुदल सम्मिलित बैठकले निर्णय गरेको विषयमा पनि सभापति देउवाले पदाधिकारीलाई अवगत गराउनेछन्।

प्रकाशित: Aug 22, 2023| 11:58 मंगलबार, भदौ ५, २०८०
प्रतिक्रिया दिनुहोस्