मंगलबार, असार ३१, २०८२

राष्ट्रिय सभा बैठक दुई घन्टा पछि सारियो  

सूचनामा विशेष कारणवश तोकिएको समय बैठक बस्न नसक्ने भएकाले सवा दुई घन्टा पछि सारिएको उल्लेख छ।
 |  मंगलबार, भदौ ५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ५, २०८०

vianetvianet

काठमाडौं– आज बस्ने कार्यसूची रहेको राष्ट्रिय सभा बैठकको समय फेरबदल भएको छ। आज दिउँसो १ बजेर १ मिनेटका लागि बोलाइएको बैठक दिउँसो ३ बजेर १४ बजे बस्ने भएको हो।

संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमबाट जारी सूचनामा विशेष कारणवश तोकिएको समय बैठक बस्न नसक्ने भएकाले सवा दुई घन्टा पछि सारिएको उल्लेख छ।

राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम बैठक सारिएको सूचनामा उल्लेख छ। एक महिनादेखि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधका कारण संघीय संसद्को दुवै सदनका बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित हुने गरेको छ।

प्रकाशित: Aug 22, 2023| 11:40 मंगलबार, भदौ ५, २०८०
प्रतिक्रिया दिनुहोस्