आइतबार, वैशाख २७, २०८३

शितल निवासमा सर्वदलीय बैठक, एमालेले गर्‍यो बहिस्कार

 |  मंगलबार, भदौ ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ५, २०८०

काठमाडौं- राष्ट्रपति निवास शितल निवासमा सर्वदलीय बैठक जारी रहेको छ। मंगलबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाएका हुन्। 

National life

राष्ट्रिय राजनीतिमा राष्ट्रपतिले अनावश्यक सक्रियता देखाएको भन्दै सो बैठक एमालेले बहिस्कार गरेको हो। बैठकमा संसद् सुचारु गर्नेसहित समसामयिक राजनीतिक सन्दर्भमा छलफल हुने भएको छ। 

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने मागसहित एमालेले निरन्तर संसद् अवरोध गरेपछि राष्ट्रपति पौडेलले त्यसमा चासो व्यक्त गर्दै आएका छन्।

राष्ट्रपति पौडेलले संसद्को गतिरोध अन्त्यका लागि यसअघि राष्ट्रपति प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष, कांग्रेस सभापति, एमाले अध्यक्ष र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसँग छलफल गरेका थिए। 

प्रकाशित: Aug 22, 2023| 09:32 मंगलबार, भदौ ५, २०८०
प्रतिक्रिया दिनुहोस्