कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएका छन्। थापाले ४७ मत पाएर विश्वासको मत पाएका हुन्। ९३ सदस्यीय प्रदेश सभामा आजको बैठकमा ७७ जना उपस्थित थिए। प्रस्तावको विपक्षमा ३० मत परेको छ। बैठक ६ भदौसम्मका लागि स्थगित भएको छ।
विश्वासको मत लिने क्रममा कोशी प्रदेश सभामा नाराबाजी भएको छ। नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेका हुन्। एमालेको नाराबाजीका बीच सभामुखको जिम्मेवारीमा पाएका नेपाली कांग्रेसका सांसद इस्राईल मन्सुरीले पनि मतदान गरेका हुन्।
विश्वासको मतका लागि मतदान सकिएपछि उनीहरुले नाराबाजी गरेका हुन्। नाराबाजीकै बीच बैठक सञ्चालन गरिरहेका ज्येष्ठ सदस्य इस्राइल अन्सारीले मतपरिणाम सुनाएका थिए। उनले पनि मुख्यमन्त्री थापाको पक्षमा मत हालेका छन्। यसै विषयलाई लिएर एमालेका सांसद नाराबाजीमा उत्रिएका हुन्।
गत साउन १६ मा मुख्यमन्त्री नियुक्त भएका नेपाली कांग्रेस संसदीय दल नेता थापाले नियुक्त भएको ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता थियो। गत साउन १६ मा मुख्यमन्त्री नियुक्त भएका नेपाली कांग्रेस संसदीय दल नेता थापाले नियुक्त भएको ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता थियो।
उपसभामुख सिर्जना दनुवार आज बिहानै काठमाडौं गएकी थिइन्। उनले बैठक चलाउने जिम्मा कांग्रेस सांसद मन्सुरीलाई दिएकी थिइन्। ज्येष्ठ सदस्यका हैसियतले मन्सुरीले प्रदेश सभा चलाए र मतदानमा समेत सहभागी भए।
यसअघि तत्कालीन सभामुख बाबुराम गौतमले समर्थनको हस्ताक्षर गरेर थापा पहिलो पटक असार २१ मा मुख्यमन्त्री नियुक्त भएका थिए। असार २२ मा एमाले सर्वोच्च गएपछि अदालतले थापाको नियुक्ति बदर गरेपछि साउन १६ मा थापा पुनः मुख्यमन्त्री नियुक्त भएका थिए।