शुक्रबार, वैशाख २८, २०८१

दोहोरो अंकले घट्यो सेयर बजार

 |  सोमबार, भदौ ४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ४, २०८०

काठमाडौं- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ९३ अङ्कले ओरालो लागेर एक हजार नौ सय ९८ दशमलव २८ मा सीमित भएको छ।

triton college

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक एक दशमलव ५० अङ्कले ओरालो लागेर तीन सय ८२ दशमलव ६२ मा सीमित भएको छ। कूल ४१ लाख ६३ हजार आठ सय ७२ कित्ता शेयर रु एक अर्ब ४० करोड ८९ लाख ८१ हजार छ सय एक मूल्यमा कारोबार भएको छ।

कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ। सो कम्पनीको रु आठ करोड दुई लाख ४७ हजार दुई सय ३४ मूल्यमा कारोबार भयो। यस्तै, आइएमई लाइफ इन्स्योरेन्स रु पाँच करोड ८३ लाख ७७ हजार दुई सय ८८, सोल्टी होटल रु पाँच करोड ७८ लाख ६१ हजार नौ सय ५०, घोराही सिमेन्ट रु पाँच करोड छ लाख १२ हजार चार सय ६१ र हिमालयन डिस्टिलरी रु चार करोड ४२ लाख ३५ हजार दुई सय तीन बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन्।

नेप्सेका अनुसार, लक्ष्मी लघुवित्त र कुर्थली बुखरी स्मल हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सामलिङ पावर कम्पनी पाँच दशमलव १८,सुपर मादी हाइड्रोपावर तीन दशमलब ८२ र सयपत्री हाइड्रोपावरका लगानीकर्ताले दुई दशमलव ९० प्रतिशतले कमाएका छन्।

यस्तै, मेछ्यान हाइड्रोपावर सात दशमलव ९९, हिमालयन पावर पार्टनर पाँच दशमलव ७७, कृषि विकास बैंकको ऋणपत्र पाँच दशमलव ५९, भूगोल इनर्जी पाँच दशमलव १६ र बलेफी हाइड्रोपावरका लगानीकर्ताले पाँच दशमलब शुन्य चार प्रतिशतले गुमाएका छन्।
 

corrent noodles
Metro Mart

प्रकाशित: Aug 21, 2023| 15:54 सोमबार, भदौ ४, २०८०
प्रतिक्रिया दिनुहोस्