आइतबार, वैशाख २७, २०८३

ललिता निवास प्रकरण

सीबीआई अफिस बोलाएर बयान नलिई फर्काइए पूर्वमन्त्री जोशी

पहिलो पटक सीआईबी प्रमुख आफैंले बयानका लागि बोलाए पनि फेरि अहिले नआउनू, पछि बयान लिउँला भनेर फर्काइएको जोशीको गुनासो। 
 |  सोमबार, भदौ ४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ४, २०८०

National life

काठमाडौं– बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिनामा मुछिएका पूर्वभूमिसुधारमन्त्री चन्द्रदेव जोशीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) कार्यालयमा बोलाएर बयानै नलिई फर्काइएको छ। 

जोशीलाई बयान दिन सीआईबी प्रमुख किरण वज्राचार्यले फोन गरेर कार्यालयमा आउन आग्रह गरेकी थिइन्। सोहीअनुसार आज दिउँसो १ बजे सीआईबी कार्यालय पुगे पनि फेरि बोलाइने भनेर फर्काएको जोशीले बताए। 

‘पहिलो पटक सीआईबी प्रमुख आफैंले बयानका लागि बोलाए पनि फेरि अहिले नआउनू भनेर खबर आयो। आज फेरि बोलाएबमोजिम सवा १ बजे सीआईबी कार्यालय पुगे पनि बयान नलिई फेरि बोलाउँला भनी फर्काइयो,’ जोशीले सामाजिक सञ्जालमा लेखेका छन्।

प्रकाशित: Aug 21, 2023| 15:59 सोमबार, भदौ ४, २०८०
प्रतिक्रिया दिनुहोस्