बुधबार, असार ३२, २०८२

उपप्रधानमन्त्री खड्का र प्रमुख निर्वाचन आयुक्त थपलियाबीच भेट

 |  सोमबार, भदौ ४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ४, २०८०

vianetvianet

काठमाडौं- उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपिलयाबीच भेटघाट भएको छ। 

भेटमा निर्वाचनसम्बन्धी आवश्यक कानुनबारे छलफल भएको  छ। उनीहरुबीच प्रदेश र स्थानीय तहमा रिक्त भएका स्थानमा  उपनिर्वाचन गर्ने विषयमा पनि छलफल भएको थियो। 

हाल प्रदेशसभातर्फ सुदुरपश्चिम प्रदेशको बझाङ प्रतिनिधिसभा क्षेत्र नम्बर १ प्रदेशसभा ‘क’ रिक्त छ भने यस्तै विभिन्न स्थानीय तहमा १८ पद रिक्त छन्। हाल कैलाली जिल्ला समन्वय समिति प्रमुखको स्थान रिक्त छ भने दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष। दोखला गौरिशकर गाउँपालिकाको उपाध्यक्ष र विभिन्न स्थानका १५ जना वडा अध्यक्षको पद रिक्त छ।
 

प्रकाशित: Aug 21, 2023| 15:09 सोमबार, भदौ ४, २०८०
प्रतिक्रिया दिनुहोस्