मंगलबार, वैशाख २९, २०८३

तस्करीको ६० केजी सुन २४ क्यारेटको निस्कियो

राष्ट्र बैंकको टक्सार विभागबाट गरिएको गुणस्तर परीक्षणमा छापावाल सुन २४ क्यारेटको रहेको देखिएको हो ।
 |  सोमबार, भदौ ४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ४, २०८०

National life

काठमाडौं– ३ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँचपास भई बाहिरिएलगत्तै बरामद गरिएको एक क्विन्टल (गालेपछि ६० केजी) सुनको गुणस्तर २४ क्यारेट रहेको गुणस्तर परीक्षणका क्रममा पुष्टि भएको छ।

राष्ट्र बैंकको टक्सार विभागबाट गरिएको गुणस्तर परीक्षणमा छापावाल सुन २४ क्यारेटको रहेको देखिएको हो। राजस्व विभागले बरामद गरेको सुन २९ साउनमा टक्सार विभागमा गालिएको थियो।

१५५ किलो कुल तौलको ‘ब्रेक सु’सहितको सुन छुट्याएर गाल्दा ६० किलो ७६१ ग्राम निस्किएको थियो। बरामद सुन गालेपछि ९९.९९ प्रतिशत उच्च गुणस्तर रहेको परीक्षणका क्रममा देखिएको राष्ट्र बैंक अधिकारीले बताए।

प्रकाशित: Aug 21, 2023| 14:53 सोमबार, भदौ ४, २०८०
प्रतिक्रिया दिनुहोस्