बुधबार, असार ३२, २०८२

प्रधानन्यायाधीशमा सर्वसम्मत भए विश्वम्भरप्रसाद श्रेष्ठ

आज सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीश सिफारिस श्रेष्ठको नाम अनुमोदन गरेको हो।
 |  सोमबार, भदौ ४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ४, २०८०

vianetvianet

काठमाडौं– सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठको नाम सर्वसम्मत अनुमोदन भएको छ। आज सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीश सिफारिस श्रेष्ठको नाम अनुमोदन गरेको हो।

प्रधानन्यायाधीशमा श्रेष्ठको नाम अनुमोदन भएको समिति ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले बताए। सुनुवाइ समितिमा श्रेष्ठ विरुद्ध ३ वटा उजुरी परे पनि एउटा मात्रै उजुरीकर्ता समितिको सम्पर्कमा आएका थिए।

यसअघि सुनुवाइका लागि पुगेका श्रेष्ठलाई सांसदहरुले विभिन्न प्रश्न सोधेका थिए। सांसदले सर्वोच्चका मुद्दा व्यवस्थापनबारे चासो व्यक्त गरेका थिए। श्रेष्ठले सुनुवाइका क्रममा  अदालतमा बिचौलिया नियन्त्रण र न्यायपालिका सुधारको काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

सुनुवाइ समितिबाट अनुमोदित भएपछि श्रेष्ठलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीशको रुपमा सपथ खुवाउनेछन्।

प्रकाशित: Aug 21, 2023| 14:28 सोमबार, भदौ ४, २०८०
प्रतिक्रिया दिनुहोस्