बुधबार, असार ३२, २०८२

प्रदीप गिरि बीपीपछिकै ठूला समाजवादी चिन्तकः सभापति देउवा

स्व. गिरिलाई कहिल्यै नथाक्ने व्यक्तिको रुपमा लिएको सभापति देउवाको धारणा।
 |  सोमबार, भदौ ४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ४, २०८०

vianetvianet

काठमाडौं– कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दिवंगत प्रदीप गिरि बीपी कोइरालापछिकै ठूलो समाजवादी चिन्तक भएको बताएका छन्।

आज पार्टी मुख्यालय सानेपामा स्व. गिरिको स्मृतिसभा अवसरमा आयोजित कार्यक्रममा नेता देउवाले समाजवादी चिन्तकको रुपमा बीपीपछि कसैको नाम लिँदा गिरिकै अगाडि आउने बताएका हुन्।

स्व. गिरिका बँचेखुचेका कृति र लेख आद्योपान्त भए प्रकाशित गर्न पार्टीले सहयोग गर्ने प्रतिबद्धता सभापति देउवाले जनाए। स्व. गिरिका लेखनबाट सिंगो पार्टी नै लाभान्वित हुने बताए।

‘समाजवादी चिन्तकको रुपमा बीपीपछि कसैको नाम लिने हो भने प्रदीपजीकै लिनुपर्ने हुन्छ। धेरै ठूलो विद्वान् हो। स्व. गिरिलाई कहिल्यै नथाक्ने व्यक्तिको रुपमा लिएको छु,’ देउवाले भने। स्व. गिरिप्रति कांग्रेसमा मात्र नभई अन्या पार्टीमा धेरै लगाव र सम्मान रहेको सभापति देउवाले बताए।

प्रकाशित: Aug 21, 2023| 13:30 सोमबार, भदौ ४, २०८०
प्रतिक्रिया दिनुहोस्