काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज प्रदेशसभाबाट विश्वासको मत लिने सम्भावना सोमबार विश्वासको मत लिने सम्भावना टाढिएको बताएका छन्।
आज विश्वासको मत लिने समय दिउँसो १ बजे तोकिए पनि प्रदेश उपसभामुख सिर्जना दनुवारले स्वास्थ्योपचारका लागि काठमाडौं गएको बताएर अनुपस्थित भएपछि प्रदेशसभाबाट विश्वासको मत लिने सम्भाना हटेको मुख्यमन्त्री थापाले बताएका हुन्।
प्रदेशसभाका जेष्ठ सदस्य एमालेका सात र राप्रपाका एक जनाले बैठकमा उपस्थित नहुने जानकारी गराइसकेका छन्।
विश्वासको मत लिन बिहान बसेको कार्यव्यवस्था परामर्श समिति बैठक निष्कर्षविहीन भएपछि फेरि केही बेरमा बस्ने भए पनि आजका लागि विश्वासको मत लिने समय घर्किएको मुख्यमन्त्री थापाले जानकारी दिए। विश्वासको मतका लागि छिट्टै मिति तोकिने उनको भनाइ छ।
उपसभामुख दनुवार बैठक सञ्चालनका लागि रोलक्रमअनुसार कांग्रेस ज्येष्ठ सदस्य इस्राइल मन्सुरीलाई जिम्मा दिएर काठमाडौं आएकी छन्।