बुधबार, असार ३२, २०८२

कोशीमा बहुमत गुम्ने डरले प्रदेशसभा बैठक स्थगन गर्ने तयारी

उपसभामुख दनुवार ज्येष्ठ सदस्यको रोलक्रमअनुसार मन्सुरीलाई प्रदेशसभा बैठक सञ्चालनको जिम्मा दिएर काठमाडौं उडेपछि बहुमत गुम्ने डरले सत्तारुढ गठबन्धन प्रदेशसभा स्थगित गर्ने तयारीमा।
 |  सोमबार, भदौ ४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ४, २०८०

vianetvianet

काठमाडौं– कोशीका मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाबाट विश्वासको मत लिन आजका लागि बोलाइएको बैठक बस्ने÷नबस्ने अन्योल देखिएको छ।

एमाले कोटाकी उपसभामुख सिर्जना दनुवार अकस्मात काठमाडौं उड्दा कांग्रेस सांसद इस्राइल मन्सुरीलाई रोलक्रमानुसार बैठक चलाउने जिम्मा दिए पनि आज बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा सहमति नजुट्दा प्रदेशसभा बैठक अन्योलमा परेको हो।

उपसभामुख सिर्जना दनुवार सोमबार बिहान काठमाडौं उडेपछि दिउँसो १ बजेका लागि बोलाइएको बैठक बस्ने÷नबस्ने अनिश्चित भएको छ। ‘प्रदेशसभा बैठक के गर्ने भन्नेबारे हामीले कुनै निष्कर्ष निकाल्न सकेनौं। १ बजेअघि फेरि बस्ने गरी बैठकबाट उठेका हौं,’ कोशी कांग्रेसका प्रमुख सचेतक भूपेन्द्र राईले भने।

मुख्यमन्त्री थापाले बहुमतका लागि सभामुख बाबुराम गौतमलाई राजीनामा दिन लगाएर मन्त्री र प्रदेशसभाका ८० वर्षीय वयोवृद्ध ज्येष्ठ सदस्य गयानन्द मण्डललाई ३१ साउनमा कृषि राज्यमन्त्रीमा नियुक्त गरेका थिए। तर थापालाई मुख्यमन्त्री टिकिरहन आवश्यक बहुमत नपुगोस् भन्नाका लागि एमाले र राप्रपाले प्रदेशसभा सञ्चालन गर्ने रोलक्रममा रहेका आफ्ना सांसदलाई अनुपस्थित गराउने रणनीति लिएपछि राजनीति झनै अन्योलमा फसेको छ।

मन्सुरीले बैठक चलाउँदा थापाका पक्षमा बहुमत पुग्ने अवस्था छैन। सोही कारण सत्ता गठबन्धन दलका नेताहरु आजको बैठक नबस्लाने रणनीतिमा रहेको कोशी प्रदेशसभा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बोले पुष्टि गरे। संवैधानिक प्रावधानअनुसार मुख्यमन्त्री थापाले १३ भदौसम्म प्रदेशसभाबाट विश्वासको मत लिनुपर्छ।

प्रकाशित: Aug 21, 2023| 12:28 सोमबार, भदौ ४, २०८०
प्रतिक्रिया दिनुहोस्