बुधबार, असार ३२, २०८२

सातै प्रदेशमा सभा गर्ने समाजवादी मोर्चाको निर्णय

बैठकले मोर्चा गठन गर्नुको उद्देश्य जनतालाई जानकारी दिन सातै प्रदेशमा सन्देशसभा गर्ने निर्णय गरेको हो।
 |  सोमबार, भदौ ४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ४, २०८०

vianetvianet

काठमाडौं– सत्तारुढ चार दल सम्मिलित समाजवादी मोर्चाले सातै प्रदेशमा सन्देशसभा गर्ने निर्णय गरेको छ। आज बिहान नेकपा एसको तीनकुनेस्थित आलोकनगर मुख्यालयमा बसेको बैठकले मोर्चा गठन गर्नुको उद्देश्य जनतालाई जानकारी दिन सातै प्रदेशमा सभा गर्ने निर्णय गरेको हो।

आजको बैठकमा तीनवटा एजेन्डा समसामयिक राजनीति, सातै प्रदेशमा घोषणसभा र मोर्चाको सचिवालयले गरेका निर्णय अनुमोदनबारे छलफल भएको नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले बताए।

८ भदौमा मधेस प्रदेशको वीरगञ्ज, १२ मा लुम्बिनीको बुटवल, १३ मा सुदूरपश्चिमको धनगढी, १४ मा कर्णालीको सुर्खेत, १५ मा गण्डकीको पोखरा, २३ मा बागमतीको हेटौंडा र २५ भदौमा कोशी प्रदेशको विराटनगरमा सभा गर्ने निर्णय बैठकबाट सर्वसम्मत पारित भएको खतिवडाले जानकारी दिए।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहालको निधन भएपछि मोर्चाको बैठक सरेको थियो। बैठक आइतबार बस्ने भनिए पनि तयारी नपुगेपछि आज बिहानका लागि सारिएको हो।

मोर्चामा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा रहेका छन्। सरकारको नेतृत्वकर्ता माओवादी केन्द्रसहित चार दलले गत ४ असारमा समाजवादी मोर्चा घोषणा गरेका थिए। मोर्चाले यो सभालाई ‘सन्देश सभा’ नाम दिएको छ।

प्रकाशित: Aug 21, 2023| 11:15 सोमबार, भदौ ४, २०८०
प्रतिक्रिया दिनुहोस्