आइतबार, वैशाख २७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कोशीकी उपसभामुखले कांग्रेस सांसद मन्सुरीलाई दिइन् बैठक चलाउने जिम्मा

कोशीकी उपसभामुखले कांग्रेस सांसद मन्सुरीलाई दिइन् बैठक चलाउने जिम्मा

सभामुखविहीन कोशीमा उपसभामुखको अनुपस्थितिमा बैठक सञ्चालनका लागि चार सदस्यीय अध्यक्षमण्डल बनाइएमा तीन जना अनुपस्थित हुने भएपछि वर्णानुक्रमअनुसार मन्सुरीलाई अध्यक्षता गर्ने जिम्मेवारी।
 |  सोमबार, भदौ ४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ४, २०८०

काठमाडौं– सत्ता किचलोमा परेको कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवार एकाएक काठमाडौं आएपछि प्रदेशसभा बैठक अनिश्चित भएको छ। आज बिहान ८ बजे बस्ने गरी कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएकी उपसभामुख दनुवारले आफू काठमाडौं उडेपछि ज्येष्ठ सदस्यले बैठक चलाउने प्रावधानअनुसार इस्राइल मन्सुरीलाई पत्राचार गरेर जिम्मेवारी तोकेकी हुन्।

National life

उपसभामुख दनुवारले प्रदेशसभा बैठक चलाउने जिम्मेवारी कांग्रेस सांसद इस्राइल मन्सुरीलाई दिएको पत्र प्रदेश सचिवालले सार्वजनिक गरेको छ। पत्रमा उनले आफ्नो स्वास्थ्यमा अचानक समस्या आएकाले काठमाडौं जानु परेकाले बैठकमा उपस्थित हुन नसक्ने जनाएकी छन्। 

सभामुखविहीन कोशीमा उपसभामुखको अनुपस्थितिमा बैठक सञ्चालनका लागि चार सदस्यीय अध्यक्ष मण्डल बनाइएको थियो। तीमध्ये ज्येष्ठ सांसद लिलाकुमारी लिम्बू र अम्मरबहादुर विष्टले अनुपस्थित हुने सूचना दिइसकेकाले वर्णानुक्रम अनुसार मन्सुरीलाई अध्यक्षता गर्ने जिम्मेवारी दिइएको पत्रमा उल्लेख छ।

दनुवारले स्वकीय सचिवमार्फत प्रदेशसभा सचिवालयमा पत्र पठाउँदै बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएकी छन्। आज दिउँसो १ बजे मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाबाट विश्वासको मत लिने तयारी भइरहेका बेला उपसभामुख काठमाडौं आएपछि बैठक बस्ने-नबस्ने अन्योल भएको छ।

 

प्रकाशित: Aug 21, 2023| 10:49 सोमबार, भदौ ४, २०८०
प्रतिक्रिया दिनुहोस्