बुधबार, असार ३२, २०८२

संसदको अवरोध खुलाउन आज पनि सर्वदलीय बैठक बस्दै

 |  सोमबार, भदौ ४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ४, २०८०

vianetvianet

काठमाडौं- संसद गतिरोध अन्त्य गर्नका लागि आज पनि सर्वदलीय बैठक बोलाइएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा हिजो बसेको बैठकमा सहमति जुट्न नसके पछि सोमबार पनि बैठक बोलाइएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अपराह्न ४ बजेपछि बैठक बस्ने तय भएको छ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने माग गर्दै निरन्तर संसद अवरोध गरिरहेको छ। 

तर, सरकारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले छानबिन गरेर टुंग्याउने भन्दै प्रतिपक्षी दलको माग तत्काल पुरा गर्न नसकिने जनाउँदै आएको छ। सरकार र प्रतिपक्षी दुबै दल आआफ्ना अडानमा कायमै राखे पछि साउन १२ गतेदेखि संसद चल्न सकेको छैन।

प्रकाशित: Aug 21, 2023| 09:15 सोमबार, भदौ ४, २०८०
प्रतिक्रिया दिनुहोस्