आइतबार, पुस ६, २०८२

कर्णाली प्रदेश स्थापनाको अवसरमा आज सार्वजनिक बिदा

 |  सोमबार, भदौ ४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ४, २०८०

कर्णाली- कर्णाली प्रदेश सरकारले आज प्रदेश स्थापना तथा सहिद दिवसका अवसरमा सार्वजनिक बिदा दिएको छ।

National life

आज प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका शाखा अधिकृत निर्मला रेग्मीले जानकारी दिइन्।

उनका अनुसार कर्णाली प्रदेश सरकारको विसं २०७९ चैत २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले भदौ ४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

विसं २०७२ साउन २३ गते तत्कालीन सरकारले गरेको सीमाङ्कनको निर्णयमा कर्णालीलाई सुदूरपश्चिममा गाभेपछि सो निर्णयका विरुद्ध १३ दिनसम्म आन्दोलन भएको थियो।

आन्दोलनमा जुम्लाका हरिबहादुर कुँवर र सुर्खेतका गोपालसिं रजवार, टीकाराम गौतम र यामबहादुर बिसीले सहादत प्राप्त गरेका थिए। 

Laxmi sunrise bank
kumari

उनीहरूको सहादतपछि तत्कालीन सरकारले साविक कर्णाली अञ्चलका पाँच, भेरीका तीन र राप्तीका दुई जिल्लालाई जोडेर ६ नम्बर प्रदेश घोषणा गरेको थियो।

प्रकाशित: Aug 21, 2023| 08:51 सोमबार, भदौ ४, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कर्णालीका सडक चाडबाडमा झन् 'ज्यानमारा'

कर्णाली प्रदेशमा प्रत्येक वर्षको चाडपर्वका बेला सवारी दुर्घटना बढेको देखिन्छ। चाडपर्व लक्षित सुरक्षा योजना बनाइए पनि त्यसको कार्यान्वयन फितलो हुँदा दुर्घटना बढ्ने गरेको देखिन्छ।

दुई बालकको मृत्युले वीरेन्द्रनगर तनावग्रस्त

छुट्टाछुट्टै घटनामा मृत्यु भएका बालकका आफन्तले संयुक्त रूपमा वीरेन्द्रनगर बजारमा आन्दोलन गरिरहेका छन्।