मंगलबार, कात्तिक १८, २०८२

मुगु घटनाको अनुसन्धानमा सघाउन डीआईजी पुगे घटनास्थल

 |  आइतबार, कात्तिक १२, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १२, २०८०

मुगुको छायाँनाथ रारा नगरपालिका वडा नम्बर ५ मुन्दु गाउँमा चार जना मृत भेटिएको घटनास्थलमा डीआईजी भीमप्रकाश ढकाल पुगेका छन्।

Kumaribank

कर्णाली प्रदेश प्रमुख ढकाल आज मुगु पुगेका हुन्। अनुसन्धानमा भएका प्रगति बुझ्न र अनुसन्धानलाई थप सहयोग गर्न ढकाल मुगु गएका हुन्।

कर्णाली प्रदेश, जुम्ला र कोहलपुरबाट कुकुरसहित प्रहरीको अनुसन्धान टोली यसअघि नै मुगु पुगेको थियो। टोलीले गत शनिबारदेखि अनुसन्धानको काम जारी राखेको छ।

मुन्दु गाउँमा आमा र तीन जना छोराछोरी मृत भेटिएका थिए। उनीहरूको हत्या भएको आशंका छ। गत शुक्रबार बिहान श्रीदेवी बोहोरा, उनका ११ वर्षका छोरा मनोज, सात वर्षकी छोरी अप्सरा र १ वर्षका छोरा रहर मृत भेटिएका थिए। घरभित्रै उनीहरूको शव फेला परेको थियो।

प्रकाशित: Oct 29, 2023| 16:25 आइतबार, कात्तिक १२, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कर्णालीका सडक चाडबाडमा झन् 'ज्यानमारा'

कर्णाली प्रदेशमा प्रत्येक वर्षको चाडपर्वका बेला सवारी दुर्घटना बढेको देखिन्छ। चाडपर्व लक्षित सुरक्षा योजना बनाइए पनि त्यसको कार्यान्वयन फितलो हुँदा दुर्घटना बढ्ने गरेको देखिन्छ।

दुई बालकको मृत्युले वीरेन्द्रनगर तनावग्रस्त

छुट्टाछुट्टै घटनामा मृत्यु भएका बालकका आफन्तले संयुक्त रूपमा वीरेन्द्रनगर बजारमा आन्दोलन गरिरहेका छन्।