आयुर्वेद स्वास्थ्य केन्द्र जुम्ला पाँच महिनादेखि कार्यालय प्रमुखविहीन हुँदा यहाँको दैनिक कामकाज प्रभावित भएको छ। केन्द्रका कार्यालय प्रमुख देवेन्द्र ठाकुर पुस महिनामा सरुवा भएर गएपछि कार्यालय प्रमुख विहीन छ।
सुर्खेतमा चुनावमा प्रयोग भइरहेका दुई गाडीमा अज्ञात समूहले आगजनी गरेको छ। वीरेन्द्रनगर–६ मंगलगढीमा रोकी राखेको दुई वटा गाडीमा अज्ञात समूहले गएराति आगजनी गरेको हो।
कर्णाली प्रदेशमा ३७७ मतदान केन्द्र अति संवेदनशील रहेको जनाइएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोलाले यहाँका दश जिल्ला ३७७ मतदान केन्द्र अति संवेदनशील रहेको जनाए।
सिञ्जा गाउँपालिकाको जोडु, रुघा, काँडागाउँ, भाडगाउँ, फुङ्ग्रा र शनिगाउँमा असिनापानीबाट स्याउ खेतीमा क्षति पुगेको स्थानीयवासी विज्ञान बुढाले जानकारी दिए।
जिल्लैभरि रहेका बगैँचामा जुम्ली किसानले लगाएका स्याउका बोट फुलेर सेताम्मे भएपछि यहाँको वातावरण रमाइलो देखिएकोमा स्थानीय शिव कार्की खुसी पनि देखिन्छन्। उनले भने, 'जुम्ला अर्गानिक स्वादिलो स्याउ पाइने जिल्लाका रुपमा चिनिन्छ। त्यो स्वादिलो स्याउ फल्ने बोटका बगैँचामा फूल फुलेर अहिले सेताम्य भएको छ।' उनका अनुसार चैत वैशाखमा स्याउ फुल्ने र असोजदेखि कात्तिक महिनामा पाक्ने गरेको छ।