शुक्रबार, वैशाख २८, २०८१

टाटा मोटर्सको एक्सचेन्ज क्याम्प नेपालभर सुरु

 |  आइतबार, भदौ ३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ३, २०८०

सिप्रदी तथा टाटा मोटर्सले चाडपर्वअघि नै चाडपर्व भन्दा धेरै फाइदाहरुका साथ विभिन्न आकर्षक उपहारहरु रहेको ‘द ग्रेट एक्सचेन्ज फेस्टिभल’ एक्सचेन्ज क्याम्प ल्याएको छ।

triton college

यो एक्सचेन्ज क्याम्प आज भदौ १ गते देखि भदौ ५ गतेसम्म सिप्रदीको नेपालभरि रहेका टाटा मोटर्स शोरुमहरुमा शुरु हुँदैछ। शुक्रबारदेखि शुरु भएको एक्सचेन्ज क्याम्प शनिबार पनि विभिन्न मनोरन्जनात्मक कार्यक्रमका साथ सञ्चालन हुने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार अहिले नेपाली बजारमा ईभी गाडीहरु प्रति ग्राहकहरुको चासो बढिरहेको छ। जसमा टाटा मोटर्सका नयाँ ईभी गाडीप्रतिको रुचि निकै बढ्नुका साथै बिक्री पनि त्यहि क्रममा बढिरहेको देखिन्छ। प्रदुषणरहित वातावरणमैत्री, चलाउन सजिलो, न्युनतम मर्मत खर्च, आरामदायी यात्रा गर्न सकिने भएको कारणले विगतका दिनमा इन्धन (पेट्रोल वा डिजेल) बाट चल्ने कारहरु टाटा मोटर्सका विद्युतीय गाडीसँग साट्ने क्रम बढ्दो छ।

टाटा मोटर्सका ग्राहक तथा बजारको सुझाव तथा जिज्ञासालाई मध्यनजर गरेर उक्त एक्सचेन्ज क्याम्पमा पेट्रोल डिजेलबाट चल्ने सवारी साधन लाई बजारले अत्याधिक रुचाएको टाटा मोटर्सका विद्युतीय सवारीसँग साट्न मिल्ने गरी एउटै शोरुम बाट व्यवस्था गरिएको छ। ग्राहकहरूलाई विभिन्न रिकन्डिसनहरू जानुको झन्झट आवश्यकता पनि पर्दैन।

अब सजिलै एकै ठाउँमा सिप्रदी अस्योर्ड मार्फत उचित मूल्याङ्कन, शोरूममा बीमाको पनि सुविधा भएको हुनाले यसले ग्राहकहरुलाई थप सहजता प्रदान गर्नेछ। चलिरहेको बजारको मूल्य भन्दा गाडीको विशेष मूल्यांकन, सरल फाइनान्सको सुविधा, ईन्स्योरेन्सको सुविधा, र साथै हरेक गाडी हस्तान्तरणमा विभिन्न अफर हरु पनि पाइने कम्पनीले जनाएको छ।

corrent noodles
Metro Mart

कम्पनीका अनुसार गाडी मूल्यांकन गर्न आउने ग्राहकले तुरुन्तै उपहार पाउनुका साथै हरेक दिन लक्की ड्र मार्फत ५ जना भाग्यशाली ग्राहकहरुले स्मार्टवाच पनि जित्न सक्नेछन्।

प्रकाशित: Aug 20, 2023| 18:12 आइतबार, भदौ ३, २०८०
प्रतिक्रिया दिनुहोस्